छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको ठेक्का फिर्ता लिन्छु : मन्त्री किराती

 पुस ५, २०८० बिहिबार १७:५७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको ठेक्का फिर्ता लिने बताउनुभएको छ ।

आज बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किरातीले चिनियाँ जहाजबारे छानबिन गर्न संसदीय समिति बनाए जहाज लिलामीको ठेक्का फिर्ता लिने बताउनुभएको हो । नेपाल वायु सेवा निगमले आजै पाँच वटा चिनियाँ जहाज बेच्न ठेक्का आह्वान गरेको थियो ।

सांसदहरूको जिज्ञासाबारे जवाफ दिँदै मन्त्री किरातीले दोषीलाई कारबाही गर्नेगरी छानबिन समिति बनाए लिलामीकाे ठेक्का फिर्ता गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले वर्षमा २० करोड रुपैयाँभन्दा बढी घाटा बेहाेरेर चिनियाँ जहाज राखिरहेको र अब पनि घाटा बेहाेरेर जहाज राखिरहन नसक्ने भएकाले लिलामी गर्न खोजेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चिनियाँ जहाज सेतो हात्ती भयो, सेतो हात्ती भयो, संसद् थर्काउने हामी त हो । हामी नै हो संसद्, पत्रपत्रिका, चिया पसलमा बोल्ने ? निकाय दिऔँ भनेर टेन्डर निकाल्यो किन भन्छन् ? गर्नु के ? यो चाहिँ केही न केही बहस होस् भनेर नै टेन्डर निकालेको हो । कि त अब उपाय निकालाेस् यो समितिले । छानबिन समिति बनाइदिनुहोस् न त हामी फिर्ता गरिहाल्छौँ नि । तर दोषीलाई कारबाही गर्नेगरी । कर्मकाण्डी होइन ।’

मन्त्री किरातीले देशका लागि काम गर्न खोज्दा नपाएको गुनासो गर्नुभयो । उहाँले केही नयाँ काम गर्न लाग्दा अख्तियारदेखि अदालतसम्म धाउनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले कामका लागि अघि बढ्दा बढ्दै जुत्ता फाटिसक्ने भन्दै काम गर्ने वातावरण नभएको टिप्पणी गर्नुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया