आउँदाे चुनावमा कांग्रेसलाई बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ : देउवा

 पुस ५, २०८० बिहिबार १८:३२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातबाट मुक्त गर्दै आउँदाे चुनावमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ ।

आज बिहीवार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा अहिले अन्तर्घात गर्ने रोग लागेको बताउनुभयो । उहाँले अहिले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रूपमा स्थापित गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसमा अन्तरघात गर्ने राेग लागेकाे छ । आउँदा दिनमा पार्टीलाई अन्तर्घातबाट मुक्त गर्दै भरसक बहुमत प्राप्त गर्ने पार्टीका रूपमा स्थापित गर्न आग्रह गर्दछु ।’

सभापति देउवाले आउँदा दिनमा कांग्रेसले एकल सरकार बनाउन सक्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया