चिलिमेका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सकियो, १६८ मेगावा...
मंसिर ८, २०८१ शनिबार
चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले गएको अप्रिलमा शुरु गरेको कारबाही अभियान अन्तर्गत अफवाह फैलाएको आरोपमा अनलाइन खाता बन्द गरिएको हो । यो अभियानमा ६ हजार तीन सय जनाभन्दा धेरै व्यक्तिलाई अफवाह कसुरमा कारबाही गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा निगरानी र नियन्त्रणमा राख्दै आएको छ । सामाजिक स्थायित्व र रक्षाका लागि सामाजिक सञ्जालमा पनि सेन्सरशिप छ ।
महामारी, सुरक्षा तथा प्रकोप जस्ता संवेदनशील विषयमा गलत जानकारी सम्प्रेषण गर्ने, अवैध र आपराधिक गतिविधिमाथि कडा निगरानी र कारबाही गरिएको एएफपीले जनाएको छ ।
आउँदो वर्ष २०२४ लाई अनलाइन अफवाहविरुद्ध लड्न विशेष कार्य वर्षको रूपमा अभियान चलाउने र कारबाही प्रक्रियालाई थप बढाउने चिनियाँ प्रहरीको तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।