काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले निजामती कर्मचारीकाे भन्दा शिक्षकको तलब बढी हुनुपर्ने बताउनुभएको छ ।
आज आइतवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद पौडेलले शिक्षककाे तलब एक रुपैयाँले भए पनि कर्मचारीको भन्दा बढी हुनुपर्ने धारणा राख्नुभएको हो । उहाँले विद्यालय बनाउने जिम्मेवारी शिक्षकको भएको भन्दै शिक्षक खुशी भएर विद्यालय नगएसम्म र राम्रो सेवा सुविधा नपाएसम्म उनीहरूले सङ्गठनात्मक गतिविधि गरिरहने बताउनुभयो । त्यसो हुँदा शिक्षण सिकाइमा स्तरीयता पनि नहुने सांसद पाैडेलकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘विद्यालय बनाउने भनेका शिक्षक नै हुन् । हामीलाई चित्त बुझोस्, नबुझोस् । जबसम्म शिक्षक खुशी भएर विद्यालयमा प्रवेश गर्दैनन्, राज्यको राम्राे सेवा सुविधा नपाएसम्म उनीहरू सङ्गठनात्मक गतिविधि गरिरहन्छन् । एक रुपैयाँले भए पनि शिक्षकको तलब कर्मचारीकाे भन्दा बढी हुनुपर्छ भन्ने पक्षमा छु म । राज्यले त्यसरी प्रोत्साहन नगर्ने हो भने शिक्षा प्रणाली अरूले सुधार्न सक्दैन ।’
सांसद पाैडेलले कार्यालय सहयोगी, लेखापाल र प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकको समस्या पनि विद्यालय शिक्षा ऐनले समाधान गर्नेगरी आउनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।