शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन शीर्ष नेताहरू सकारात्मक

 पुस ९, २०८० सोमबार २०:१४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन शीर्ष नेताहरू सकारात्मक देखिएका छन् । पीडित केन्द्रित कानुन बनाउने कुरामा सरकार तयार भएकाले शीर्ष नेताहरू सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउनेतर्फ सकारात्मक देखिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले पीडितले न्याय पाएको अनुभूति गर्नेगरी कानुन बन्ने सहमति शीर्ष नेताहरूमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा विधेयक संसदमा प्रस्तुत हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन कसरी अघि बढ्न सकिन्छ भनेर विशेषगरी तीन दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरूको छलफल भयो । पीडितमैत्री कानुन बनाउने हो भने विधेयक तत्काल अघि बढोस् भन्नेमा नेताहरू सकारात्मक देखिनुभएकाे छ । आउँदाे हिउँदे अधिवेशनमा विधेयक संसदमा लैजाने बैठककाे निष्कर्ष छ ।’

सचेतक बर्तौलाले आउने संसदमा विधेयक प्रस्तुत गर्नका लागि शीर्ष नेताहरू एकजुट भई संवादमार्फत विषय टुङ्ग्याउने कुरा राम्रो भएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया