महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक काठमाण्डाै नछाड्ने प्रधानमन्त्रीकाे घाेषणा

 पुस १०, २०८० मंगलबार १७:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाण्डाै नछाड्ने बताउनुभएकाे छ ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज मङ्गलवार सिंहदरबारमा रहेकाे प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्रीले यस्ताे बताउनुभएकाे हाे । उहाँले अब सरकारकाे कार्यशैली फेरिने भन्दै महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक काठमाण्डाै नछाड्ने बताउनुभयाे ।

सम्बाेधनकै क्रममा प्रधानमन्त्रीले बनिसकेका आयाेजनाकाे जस लिन हानाथाप गर्नेभन्दा पनि सम्पन्न हुन बाँकी पूर्वाधारकाे चिन्तामा रहेकाे पनि बताउनुभयाे । उहाँले यही हप्ता प्रधानमन्त्री कार्यालयकाे संरचनात्मक परिवर्तन गर्न लागेकाे जानकारी पनि गराउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया