प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहेमा कांग्रेस बाधक नबन्ने

 पुस १२, २०८० बिहिबार १८:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने बताएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहीवार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता मीनबहादुर विश्वकर्माले गठबन्धन दलका शीर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्नसक्ने बताउनुभएको हो । उहाँले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले जुनसुकै बेला हेरफेर गर्न सक्ने बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको हो । संसदीय व्यवस्था भनेको प्रधानमन्त्रीय व्यवस्था हो । प्रधानमन्त्रीले आफूलाई असहज भएमा गठबन्धन दलका शीर्ष नेताहरूसँगकाे परामर्शबाट जुनसुकै बेलामा मन्त्री हेरफेर गर्नसक्ने प्रावधानमा कांग्रेस अवरोध बन्दैन ।’

कांग्रेस केन्द्रीय समितिको आजकाे बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको प्रस्ताव पेस गर्नुभएको नेता विश्वकर्माले जानकारी दिनुभयाे । प्रस्तावमा पार्टीको साङ्गठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवस, समुदायमा कांग्रेस कार्यक्रम, मन्त्रालयका कार्यसम्पादन भएका विषयहरूमा मन्त्रीको धारणा सुन्ने र त्यसमाथि छलफल शुरु गर्ने काम भएको उहाँले बताउनुभयो ।

बैठकमा राष्ट्रिय सभा सदस्य उम्मेदवार मनोनयन, साङ्गठनिक विषयलगायतका विभिन्न पाँच वटा विषयमा पनि छलफल भएको नेता विश्वकर्माकाे भनाइ छ । आजको बैठकमा पार्टीबाट सहभागी मन्त्रीहरूमध्ये स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले सरकारमा गरेका कामबारे जानकारी गराउनुभएको र बाँकी मन्त्रीहरूले भाेलि शुक्रवारको बैठकमा जानकारी गराउने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया