सरकारको कार्यशैलीप्रति कांग्रेसकै नेताहरू असन्तुष्ट, बैठक आज पनि

 पुस १३, २०८० शुक्रबार ६:४२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । पालिकादेखि केन्द्रसम्मको सरकारमा आफ्नै पार्टी भए पनि नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन् ।

हिजो बिहीवारदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरूले केही मन्त्रीहरूले प्रचार मात्रै गरेको तर जनहितमा काम नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । आज शुक्रवार बिहान ११ बजे बस्ने बैठकमा पार्टीबाट मन्त्री भएकाहरूले आ–आफ्ना मन्त्रालयमा भए/गरेका कार्य प्रगति पेस गर्ने कांग्रेसले जनाएको छ ।

हिजोको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई अवसर दिनुपर्ने बताएका छन् । पटक–पटक अवसर पाएका र चुनावमा पराजित भएका नेतालाई आउँदो राष्ट्रिय सभा चुनावमा उम्मेदवार बनाउन नहुनेमा पनि उनीहरूले जोड दिएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया