शहीद दिवस र रामनवमीका दिन बिदा दिने सरकारको निर्णय

 पुस १३, २०८० शुक्रबार १८:४५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले शहीद दिवस र रामनवमीका दिन बिदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले हिजो बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको बताउनुभयो ।

सरकारले २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण पनि गरेको छ । साथै सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार छ सय ५० रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । बैठकले नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालको तर्फबाट वन मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी, झुटाे विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, सिराहाबाट प्राप्त गरेका ६ वटा नेपाली नागरिकताको प्रमाणपत्रहरु रद्द गरी उनीहरुलाई नेपाली नागरिकबाट हटाउने निर्णय पनि गरेको छ ।

त्यस्तै मन्त्री शर्माले मन्त्रिपरिषद्ले मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेललाई फिलिपिन्सका लागि गैरआवासीय राजदूत तोक्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । त्यसैगरी नेपाली सेनाका दुई जना सहायक रथीलाई उपरथी दर्जामा र नौ जना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने निर्णय पनि भएको उहाँले बताउनु भयो ।

मन्त्री शर्माका अनुसार काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको सडक खण्ड निर्माणको लागि संलग्न शर्तहरुको पालना गर्ने गरी मकवानपुर र बारा जिल्लाको राष्ट्रिय वनको कुल जम्मा ४० दशमलव १९ हेक्टर जग्गा प्रयोग गर्न र त्यस वनमा रहेका चार हजार तीन सय ४५ वटा रुख/पोल कटान गर्न स्वीकृति दिने निर्णय गरेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया