बालकुमारी घटनामा सरकारको लापरबाही देखिएको भन्दै प्रमुख दलहरुद्वारा सरकारको विरोध

 पुस १३, २०८० शुक्रबार १९:३८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख दलहरुले बालकुमारी घटनामा सरकारको लापरबाही देखिएको भन्दै विरोध गरेका छन् । नेपाली कांग्रेसले घटनाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति निकालेर मन्त्री चढेको गाडीमा आगजनी हुनु र त्यसपछि प्रदर्शनकारीको ज्यान जानु दुवै घटनाप्रति कांग्रेसको ध्यानाकर्षण गराउनुभएको हो ।

त्यस्तै, नेकपा एमालेले पनि बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले सरकारलाई संयमता नगुमाउन आग्रह गर्दै युवाहरुको ज्यान गएको घटनाप्रति एमालेले दुःख व्यक्त गरेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि एकपटक उदाङ्गो भएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति निकालेर स्वदेशमा गरी खान पाउने वातावरण नपाएका बेरोजगार युवालाई सरकारले संयमता गुमाएर गोली प्रहार गरेको आरोप लगाउनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया