बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

 पुस १४, २०८० शनिबार १६:२८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले बालकुमारी घटनामा मारिएका २ जनाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै घटनामा घाइते भएकाहरुको उपचारमा लागेको सबै खर्च सरकारले बेहोर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो ।

यस्तै सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै प्रहरी वृत्त सातदोबाटोका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गरेको छ । यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितलाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालय तानिएको छ ।

त्यस्तै, ईपीएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । हिजो ईपीएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए । त्यसपछि तनावग्रस्त बनेको बालकुमारी क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो । घटनामा २३ वर्षका सुजन रावत र २२ वर्षका वीरेन्द्र शाहको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया