शीर्ष स्थानमा रहेको लिभरपुललाई तीन अङ्कको अग्रता, न्युक्यासल ४–२ गोलले पराजित

 पुष १७, २०८० मंगलबार ७:१९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तीन अङ्कको अग्रता बनाएको छ । गएराति भएको खेलमा शीर्षस्थानको लिभरपुलले न्युक्यासललाई ४–२ गोलले हरायो ।

लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा कर्टिस जोन्स र कोडी गाक्पोले समान एक/एक गोल गरे । सलाहले खेलको ४९औँ र ८६औँ मिनेटमा पेनाल्टीमा गोल गरे । न्युक्यासलका अलेक्जेन्डर इसाक र स्वेन बोटम्यानले एक/एक गोल फर्काए । जितसँगै लिभरपुलको २० खेलमा ४५ अङ्क भएको छ ।

दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको समान खेलमा ४२ अङ्क छ । लिभरपुलसँग पराजित न्युक्यासलको २० खेलमा २९ अङ्क रहेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया