इन्जिनियरहरूले सातौँ तहदेखि सेवा प्रारम्भ गर्ने व्यवस्थाका लागि पहल गर्छु : मन्त्री ज्वाला

 पुस १८, २०८० बुधबार १८:५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इन्जिनियरहरूले निजामती सेवामा सातौँ तहदेखि सेवा प्रारम्भ गर्ने व्यवस्था गर्न आफूले प्रयास गर्ने बताउनुभएको छ ।

आज बुधवार काठमाण्डाैमा आयोजित नेपाल इन्जिनियरिङ एशोसिएशनको १६ औँ राष्ट्रिय सम्मेलनमा मन्त्री ज्वालाले प्राविधिक कार्यालयहरूको नेतृत्व प्राविधिकहरूले नै गर्न पाउने इन्जिनियरहरूको माग जायज रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गराउने काममा पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले धेरै महत्त्वपूर्ण निकायहरूमा छुट्टै इन्जिनियरिङ शाखाको स्थापना गर्न सकिने आश्वासनसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘इन्जिनियरहरूले साताैँ तहदेखि निजामती सेवा प्रारम्भ गर्ने व्यवस्था गर्न प्रयास गर्नेछु । प्राविधिक कार्यालयहरूको प्रमुखहरू प्राविधिक नै हुनुपर्छ । प्राविधिक कार्यालय छ तर नेतृत्वको चाहिँ प्राविधिक छैन भने त्यहाँ असजिलो हुन्छ । अथवा कामको तालमेल हुँदैन । प्राविधिकहरूलाई उनीहरूको अध्ययनअनुसारको काम दिइयो भने काम गर्न पनि सहज होला ।’

मन्त्री ज्वालाले सरकारले इन्जिनियरहरू पलायन हुन नदिने गरी आवश्यक वातावरण बनाउने कामलाई प्राथमिकता दिएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया