काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रङ्क लाइनको विषयमा उद्योगी र विद्युत् प्राधिकरणबीचको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।
आज बुधवार न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा अध्यक्ष ढकालले डेडिकेटेड र ट्रङ्क लाइनकाे विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएकाे हाे । उहाँले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र बिस्तारै लयमा आउन लागेको र लगानी सम्मेलनसमेत गर्न लागेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइन विवादले विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने खतरा बढेको बताउन भयो । प्राधिकरणले काटेकाे उद्याेगहरूकाे लाइन तत्काल जाेडेर समस्याकाे समाधान गर्नुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘डेडिकेटेड र ट्रङ्क लाइनको सन्दर्भमा उद्योगी व्यवसायी र प्राधिकरणबीच विवाद बढेको छ । उद्याेगी र प्राधिकरणबीचकाे विवाद तत्काल समाधान हुनुपर्छ । कोभिडबाट प्रभावित अर्थतन्त्र बिस्तारै लयमा आउन लागेको र सरकारले लगानी सम्मेलनसमेत गर्न लागेको अवस्थामा याे विवादले विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जान्छ । देशकाे समग्र आर्थिक गतिविधि बढाउन, व्यापार बढाएर राजस्व वृद्धि गर्न, रोजगारी सिर्जना गर्नका लागि भए पनि सरकारले डेडिकेटेड र ट्रङ्क लाइनको विवाद तत्काल समधान गर्नुपर्छ । प्राधिकरणले एकलौटी निर्णय गरेर उद्योगहरूको लाइन काटेको छ । प्राधिकरणले तत्काल लाइन जोड्नुपर्छ ।’
अध्यक्ष ढकालले चार महिनाअघि प्राधिकरणले उद्योगको लाइन काट्न सूचना निकाल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाइन नकाट्न निर्देशन दिएकाे स्मरण गर्नुभयाे । उहाँले सरकारले उद्योगी व्यवसायी र प्राधिकरणबीच विवाद बढ्न नदिई हस्तक्षप गर्न आवश्यक रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।