चिलिमेका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सकियो, १६८ मेगावा...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – दक्षिण अफ्रिकासँगकाे दाेस्राे टेस्टकाे पहिलाे इनिङ्समा भारत १ सय ५३ रनमा समेटिएकाे छ ।
भारतले अन्तिम ६ विकेट १ रन पनि नजाेड्दै गुमायाे । एक समय भारत १ सय ५३ रन बनाउँदै ४ विकेट गुमाएकाे अवस्थामा थियाे । क्रिजमा विराट कोहली र केएल राहुल थिए । तर राहुल आउट भएपछि विकेट जाने क्रम राेकिएन । भारतले पछिल्लाे ११ बलमा १ रन पनि नजाेड्दै ६ विकेट गुमायाे । भारतका विराट काेहलीले सर्वाधिक ४६ रन बनाए । यस्तै कप्तान राेहित शर्माले ३९ र शुभमन गिलले ३६ रन जाेडे । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसाे रबाडा, लुङ्गी एनगिडी र नान्द्रे बर्गेरले समान ३ विकेट लिए । भारतले पहिलाे पारीमा ९८ रनकाे अग्रता लिएकाे छ ।
यसअघि केपटाउनमा टस जितेर पहिले ब्याटिङ गरेकाे दक्षिण अफ्रिका पहिलाे दिनकाे खाना समयअघि नै ५५ रनमा समेटियाे । दक्षिण अफ्रिकाका केल भेरेनेले सर्वाधिक १५ रन बनाए । यस्तै यस्तै डेभिड बेडिङघमले १२ रन जाेडे । अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ भारतका माेहम्मद सिराजले ६ विकेट लिए । यस्तै जसप्रीत बुमराह र मुकेश कुमारले समान २ विकेट लिए ।
२ खेलकाे शृङ्खलामा दक्षिण अफ्रिका १–० ले अघि छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।