गठबन्धनमा राष्ट्रिय सभा चुनावका लागि सिट बाँडफाँटमा‍ सहमति जुटेन

 पुस १९, २०८० बिहिबार १२:२९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  राष्ट्रिय सभाको चुनावलाई लिएर सिट बाँडफाँटका लागि बसेकाे सत्तारुढ गठबन्धनकाे बैठक विनानिष्कर्ष टुङ्गिएकाे छ । 

बिहीवार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलहरुको बैठकले सिट बाँटफाँटको विषय  टुङ्ग्याउन नसकेको हो । 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज बेलुका वा शुक्रवार बिहान पुनः बस्नेगरी बैठक सकिएको जानकारी दिनुभएकाे छ । उहाँले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरुको बीचमा छलफल भए पनि सिट बाँटफाँटको विषय टुङ्गिन नसकेकाे बताउनुभयाे । 

प्रमुख सचेतक लेखकले एमालेसँग समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जानकारी दिनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया