टी–२० विश्वकप : नेपालले समूह चरणमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्ससँग खेल्ने

 पुष २०, २०८० शुक्रबार १९:५३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आईसीसीले यस वर्षकाे जुनमा हुने टी–२० विश्वकपकाे खेल तालिका सार्वजनिक गरेकाे छ । नवाैँ संस्करणकाे प्रतियाेगिता जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

आईसीसीले आज शुक्रवार सार्वजनिक गरेकाे तालिकाअनुसार नेपाल समूह 'डी' मा रहेकाे छ । याे समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । याे समूहमा रहेका दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश टेस्ट खेल्ने राष्ट्र हुन् ।

नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुन ११, तेस्रो खेलमा दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेलमा बङ्गलादेशसँग जुन १६ मा खेल्नेछ ।

गएकाे कात्तिकमा घरेलु मैदानमा भएकाे एसिया क्षेत्रकाे छनाेटमा यूएईलाई हराउँदै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा ठाउँ बनाएकाे थियाे । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले पहिलाे पटक टी–२० विश्वकप खेलेको थियो ।

आईसीसीले सार्वजनिक गरेकाे तालिकाकाे समूह 'ए' मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका रहेका छन् । यस्तै समूह 'बी' मा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । सार्वजनिक तालिकाअनुसार न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी (पीएनजी) समूह 'सी' मा छन् ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया