कांग्रेसले समावेशितालाई ध्यान दिएन, भाेट हाल्दिन : हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पा

 पुस २३, २०८० सोमबार १५:९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारी दर्ता भइरहेको छ । अहिले दिउँसाे ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेकाहरूले उम्मेदवारी दर्ता गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

१९ जना राष्ट्रिय सभा सदस्यको चुनावका लागि सत्ता गठबन्धनका दलले संयुक्त उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेले एकल रूपमा उम्मेदवारी दिएको छ ।

यसैबीच नेपाली कांग्रेसले उम्मेदवार छनोट गर्दा समावेशितालाई ध्यान नदिएको भन्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले राष्ट्रिय सभाको चुनावमा भोट नहाल्ने घोषणा गर्नुभएको छ । उम्मेदवार छनाेटमा समावेशितालाई ख्याल नगरि एउटै व्यक्तिलाई पटक–पटक अवसर दिएको भन्दै उहाँले भोट नहाल्ने घोषणा गर्नुभएको हो । उहाँले नेपाली कांग्रेसबाट चुनाव जित्नुभएको थियो ।

देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीले समेत धेरै जनसङ्ख्या रहेको मधेसी, तामाङ, गुरुङ, शेर्पा, राई, मगर ,ह्योल्मो लगायत अल्पसङ्ख्यक समुदायको एक जना पनि प्रतिनिधित्व नगरेकोप्रति असन्तुष्टि रहेको शेर्पाकाे भनाइ छ ।

‘यस्ता क्रियाकलाप र निर्णयले पार्टीलाई राम्रो सन्देश जाँदैन । अल्पसङ्ख्यक समुदायका जनप्रतिनिधिले तपाईँहरूलाई सधैँ किन भोट हालिरहन पर्ने ?’, उहाँले प्रश्न सोध्नुभएको छ । उहाँले बरु पार्टीको कारबाही भोग्न तयार रहेको तर भोट नहाल्ने पनि अडान लिनुभएको छ ।

सत्ता गठबन्धनको भागबन्डाअनुसार नेपाली कांग्रेसले १० जना उम्मेदवार पाएको छ । १० जनामा मधेसी मूलका, जनजाति र अल्पसङ्ख्यक समुदायबाट उम्मेदवार छैनन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया