अभ्यास खेलमा गुलशन झाकाे शतक, नेपालले स्कटल्यान्डलाई दियाे २ सय ८५ रनकाे लक्ष्य

 पुष २३, २०८० सोमबार १९:४७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – १९ वर्षमुनिकाे विश्वकपअघि स्कटल्यान्डसँगकाे अभ्यास खेलमा नेपालका अलराउन्डर गुलशन झाले शतक बनाएका छन् । गुलशन १ सय १५ बलमा १ सय १४ रन बनाएर आउट भए ।

गुलशनकाे शतक मद्दतमा नेपालले स्कटल्यान्डलाई २ सय ८५ रनकाे लक्ष्य दिएकाे छ । नेपाल ४९ ओभर २ बलमा २ सय ८४ रन बनाउँदा अल आउट भयाे । नेपालका लागि दीपक बाेहराले ५४ बलमा नट आउट ५८ रन जाेडे ।

जनवरी १९ अर्थात् आउँदो माघ ५ गतेदेखि शुरु हुने विश्वकपमा नेपाल समूह 'डी' मा छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र समूहको अन्तिम खेल जनवरी २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया