दक्षिण कोरियामा कुकुर काट्न र मासु बेच्न नपाइने, सन् २०२७ पछि लागू हुने गरी कानुन पास

 पुस २४, २०८० मंगलबार १४:३०:२२ | एजेन्सी
unn.prixa.net

दक्षिण काेरियाकाे राजधानी सिओल

दक्षिण कोरियाले सन् २०२७ सम्ममा कुकुर काट्ने र मासु बेच्ने कामलाई अन्त्य गर्ने लक्ष्यसहित नयाँ कानुन पारित गरेको छ । यो कानुनले कुकुरको मासु खाने शताब्दीयौँ पुरानो चलन अन्त्य गर्ने लक्ष्य राखेको बीबीसीले जनाएको छ ।

पहिले पहिले दक्षिण कोरियामा कुकुरको मासु लोकप्रिय भए पनि पछिल्ला वर्षहरूमा खानाको 'मेनु' बाट कुकुरको मासु हट्दै गएको छ भने युवाहरूले पनि रुचि देखाएका छैनन् ।

नयाँ कानुन लागू भएपछि मासुकै लागि कुकुर पाल्न पाइने छैन । कुकुर काटेको वा मासु खाएको पाइएमा जेलसमेत पठाउन सकिने खबरमा उल्लेख छ । मासुकै लागि कुकुर पालेमा तीन वर्षसम्म जेल सजाय हुनसक्छ भने कुकुरको मासु बेच्नेलाई बढीमा दुई वर्षसम्म जेल सजाय हुन सक्छ ।

यद्यपि कुकुरको मासुको उपभोग आफैँमा गैरकानुनी हुने छैन । किसान र रेस्टुरेन्ट मालिकहरूलाई रोजगारी र आम्दानीको वैकल्पिक स्रोत खोज्न समय दिने नयाँ कानुन तीन वर्षभित्र लागू हुनेछ । कुकुर पाल्ने र मासुको कारोबार गर्नेहरूलाई वैकल्पिक पेसामा जान प्रोत्साहन गर्ने सरकारले जनाएको छ ।

सरकारी तथ्याङ्कअनुसार दक्षिण कोरियामा २०२३ मा कुकुरको मासु पकाउने झन्डै १६ सय वटा रेस्टुरेन्ट छन् भने झन्डै १२ सय वटा कुकुर फार्म रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया