आईसीसी महिला टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई हरायाे

 कात्तिक २६, २०७५ सोमबार ९:९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई हराएको छ । पहिलो खेलमा न्यूजिल्याण्डलाई हराएको भारतले दोस्रो खेलमा पाकिस्तानमाथि ७ विकेटको जित निकाल्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । पाकिस्तानका लागि विस्माह मारुफले ५३ र निदा दारले ५२ रनको अर्धशतकीय पारी खेले । बलिङतर्फ भारतका दयालान हेमलता र पुनम यादवले २–२ विकेट लिए ।

१३४ रनको लक्ष्य भारतले ६ बलबाँकी रहँदा तीन विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि मिथाली राजले ५६ रनको अर्धशतकीय योगदान गरिन् भने स्मृति मन्धनाले २६, जेमिमा रोद्रिगेजले १६ बनाए भने हर्मनप्रित कौर १४ रनमा अभिजित रहिन् ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया