क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

 माघ ३, २०८० बुधबार ७:१८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ग्लोबल आईएमई बैंकका ग्राहकले बिगमार्टमा क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकको क्रेडिट कार्ड वाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा यो योजना ल्याएको हो ।

यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम तीन सय रूपैयाँसम्म छुट पाउनेछन् । यो छुट योजना यही माघ महिनाभरी मात्र लागू हुनेछ ।

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु पनि पाउन सकिन्छ । यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया