सुनको भाउ तोलामा १२ सय रुपयाँले घट्यो, १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार हुँदै

 माघ ३, २०८० बुधबार १२:९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनचाँदीको भाउ आज घटेको छ । तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ थियो ।

आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलाको १ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया