चीनको जनसङ्ख्यामा लगातार दोस्रो वर्ष पनि कमी

 माघ ३, २०८० बुधबार १५:१४:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनको जनसङ्ख्यामा लगातार दोस्रो वर्ष पनि कमी आएको छ । योसँगै विश्वको दोस्रो ठूलो अर्थव्यवस्थाको भविष्यको विकासलाई लिएर चिन्ता बढेको बीबीसीले जनाएको छ ।

विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश गएको वर्ष पनि दोस्रो स्थानमा आएको थियो भने भारत शीर्षस्थानमा पुगेको थियो । यो वर्ष पनि भारत शीर्ष स्थानमै छ ।

अहिले चीनको जनसङ्ख्या १ अर्ब ४० करोड छ, यो सङ्ख्या गएको वर्षको तुलनामा झन्डै २० लाखले कमी हो । यस्तै भारतको जनसङ्ख्या १ अर्ब ४२ करोड छ ।

चीनमा जन्मदर घटिरहेको र सहरीकरण तीव्ररूपमा बढेको यो तथ्याङ्कबाट थाहा हुन्छ । चीनको जन्मदर प्रति हजारमा ६ दशमलव ३९ प्रतिशतमा झरेको छ ।

सन् १९८० देखि २०१५ सम्म विवादास्पद ‘एक सन्तान नीति’ का कारण चीनले गएको वर्ष सन्तान जन्माउन परिवारलाई अनुदान दिने र अन्य नीतिको सहयोग लिएको थियो । यद्दपि यो उपायले पनि खासै असर गरेन ।

महिलाहरूमा जीवनको गुणस्तर र भविष्यलाई लिएर बढ्दो सचेतताका बीच चीनमा जन्मदर लगातार घटिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया