रवि मिश्रको एकल कार्टुन प्रदर्शनी बानेश्वरमा

 माघ ५, २०८० शुक्रबार १२:५१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी शुरू भएको छ ।

नयाँ बानेश्वरको एनबी सेन्टरमा रहेको उमोजा कफीमा हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो १४ गतेसम्म चल्नेछ ।

कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन सकिने भएकाले दोहोरो संवाद गर्न आफूले कार्टुन प्रदर्शनी गरेको मिश्रले बताउनुुभयो ।

प्रदर्शनीमा राजनीतिक तथा सामाजिक क्षेत्रका समसामयिक विषयमा व्यङ्ग्य गरिएका कार्टुन राखिएका छन् ।
 

अन्तिम अपडेट: फागुन ९, २०८०

तपाईको प्रतिक्रिया