आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

 माघ ७, २०८० आइतबार १२:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको छ ।

आज सुनको भाउ तोलाको एक लाख १८ हजार चार सय रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रवार सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।  
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया