माघ ३ गते स्वयम्भूमा फेला परेको शवको पहिचान खुल्यो

 माघ ७, २०८० आइतबार १८:२०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको माघ ३ गते काठमाण्डौ महानगरपालिका–१५ स्वयम्भूमा रहेको सरिता गिरीको घरमा सडेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।

नेपाल प्रहरीले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी त्यो शव तनहुँको भिमाद नगरपालिका घर भएकी ५१ वर्षीया सफिना मियाको रहेको जानकारी दिएको छ । मियाको हत्या गरको आशङ्कामा उनीसँगै बस्ने भारतको दरभङ्गा जिल्ला बिहार प्रदेश लालबाग थाना घर भएका ४३ वर्षका ईकरामुल हक अन्सारीलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रमुख भूपेन्द्र खत्रीले बताउनुभयो ।

यस घटनामा घरधनीलाई घरमा को बस्छन् र केका लागि बस्छन् भन्ने थाहा नभएको बताउँदै प्रहरी प्रमुख खत्रीले घर भाडामा दिँदा सबै 'रेकर्ड' राख्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया