एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री, ३३ लाख रुपैयाँभन्दा...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हरेक दिनजसो केही न केही निर्देशन दिँदै आउनुुभएका प्रधानमन्त्रीले हिजो चालक अनुुमति पत्र दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिनुुभएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुुभएको छ । उहाँका अनुसार लाइसेन्स छाप्नको लागि ६ लाखप्रति कार्ड जर्मनीबाट आइसकेको छ र कार्डको गुणस्तर जाँच गरेपछि पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम शुरु हुन्छ ।
छपाइ कार्ड सकिएकाले सात महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको विभागले एक हप्तापछि पूर्ण रूपमा छपाइ शुरु हुने जनाएको हो । चालक अनुुमतिपत्र फारम भरेर परीक्षा पास गरिसकेका १४ लाखभन्दा धेरैले लाइसेन्स पाउन सकेका छैनन् ।
उनीहरु राजस्व तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । नवीकरण, हराएको र नयाँ लाइसेन्स गरी अहिले दैनिक चार हजारप्रति लाइसेन्सको माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।