शेयर बजार लगातार साताैँ दिन घट्याे, ३ अर्ब ७६ कराेड रुपैयाँकाे काराेबार

 माघ ११, २०८० बिहिबार १८:१७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार लगातार सातौँ दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

आज बैंकिङ, विकास बैंक, फाइनान्स, म्युचल, व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सिटिजन म्युचल फन्ड–२ को शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज एक करोड ६८ लाख कित्ता शेयर तीन अर्ब ७६ करोड ४५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको २८ करोड ६७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

यो हप्ता शेयर बजार समग्रमा ७१ अङ्कभन्दा धेरैले घटेको छ । यस्तै कारोबार रकम घट्ने क्रम पनि रोकिएन । गएको आइतवार सात अर्बभन्दा धेरैको कारोबार भएकोमा हप्ताको अन्तिम दिन साढे तीन अर्ब रुपैयाँमा खुम्चियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया