भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – चीनको सबैभन्दा ठूलो सरकारी बैंकमध्येको एउटा बैंकका पूर्वकार्यकारीलाई घुस लिएको आरोपमा २० वर्षको जेल सजाय भएको छ । चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्ष हे जिङजियाङलाई बेइजिङको एक अदालतले घुस लिएको, अवैधरूपमा वित्तीय उपकरण जारी गरेको, अवैधरूपमा ऋण दिएको र विदेशी निक्षेप लुकाएको ठहर गर्दै सजाय सुनाएको हो ।
६० वर्षीय हेमाथि ५१ लाख युआन अर्थात झण्डै सात लाख २० हजार अमेरिकी डलर जरिबानासमेत गरिएको चीनको सरकारी सञ्चार माध्ययमलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । देशको वित्तीय क्षेत्रमा व्यापक भ्रष्टाचारविरुद्धको कारबाहीअन्तर्गत चीनले यो कारबाही अघि बढाएको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।