वित्तीय संस्थाबिनै अनलाइनबाट ऋण लेनदेन गर्न मिल्ने व्यवस्थाको तयारी

 माघ १५, २०८० सोमबार १५:१९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको सहभागिता विना नै ऋण लेनदेन गर्न मिल्ने गरी अनलाइन प्लेटफर्मको तयारी थालेको छ । केन्द्रीय बैङ्कले वित्तीय मध्यस्थतामा लाग्ने खर्च कटौती गर्ने तथा प्रविधिमा आधारित विश्वको पछिल्लो अभ्यासलाई अनुसरण गर्न खोजेको हो ।

दुईभन्दा बढी ऋणीले कुनै एक व्यक्तिलाई ऋण दिन सक्ने गरी पियर–टु–पियर अर्थात् पिटुपी प्लेटफर्म सञ्चालन गर्न सकिने राष्ट्र बैङ्कको अध्ययनले देखाएको छ । यस अवधारणाअन्तर्गत व्यक्ति–व्यक्ति अनलाइन प्लेटफर्ममार्फत जोडिने र उनीहरूले त्यसमार्फत ऋण दिने र लिने काम गर्छन् । यसमा लगानी गर्न चाहने र लगानी लिन चाहनेबीचको समझदारी भइ लेनदेन हुनेछ ।

केन्द्रीय बैङ्कको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययनअनुसार पहिलो चरणमा साना कर्जा लेनदेन हुने गरी प्लेटफर्मको लाइसेन्स दिन सकिने देखिएको छ  । व्यक्तिगत रूपमा ऋण दिन र लिन चाहने दुवै व्यक्तिले यो माध्यममा खाता खोल्न सक्नेछन् । लगानीका अरु क्षेत्रमा कम प्रतिफल दिने अवस्था र बैङ्कमा निक्षेपको ब्याजदरसमेत कम रहेको अवस्थामा पैसा हुनेले यस्तो माध्यम प्रयोग गरी ऋणमा लगाउन सक्नेछन्।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया