शेयर बजार दोहोरो अङ्कले बढ्यो, कारोबार रकममा वृद्धि

 माघ १५, २०८० सोमबार १५:४५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । हिजो १० दशमलव ३७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २६ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव ७२ अङ्कमा पुगेको छ । आज बैंकिङ, लघुवित्त र निर्जीवन बीमा बाहेकका समूहको शेयर सामान्य बढेको छ ।

आज युनियन हाइड्रो र अरुण भ्याली हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज गरिमा डिभेन्चरको शेयर १० प्रतिशतले घटेको छ । आज हिजोको भन्दा कारोबार रकम बढेको छ । आज एक करोड २३ लाख २२ हजार कित्ता शेयर चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्सको ६० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया