शेयर बजार साढे २१ अङ्कले घट्याे, ५ अर्ब २९ कराेड रुपैयाँकाे काराेबार

 माघ १७, २०८० बुधबार १५:३४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ अङ्कमा झरेको छ । हप्ताको तीन दिन लगातार बढेको शेयर बजार आज चौथो दिन उच्च अङ्कले घटेको हो ।

आज उत्पादनबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा मेन्छ्याम हाइड्रोसहित चार वटा कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घट्यो । समग्रमा बजार घटे पनि आज साम्लिङ पावर कम्पनी र मन्दाकिनी हाइड्रोको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज एक करोड ४७ लाख कित्ता शेयर पाँच अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया