सन् २०२४ मा विश्वकाे औसत आर्थिक वृद्धिदर भन्दा नेपालकाे राम्राे हुने आईएमएफकाे प्रक्षेपण

 माघ १७, २०८० बुधबार १८:२६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यो अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर भन्दा नेपालको वृद्धिदर राम्रो हुने भएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको 'वर्ल्ड इकोनोमिक आउटलुक' को रिपोर्ट अनुसार यो अङ्ग्रेजी वर्षमा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने प्रक्षेपण छ । यस्तै उपभोक्ता मूल्यवृद्धि भने ६ दशमलव ७ प्रतिशत रहनेछ ।

यो वर्ष विश्वको औसत वृद्धिदर तीन दशमलव प्रतिशत हुने देखिएकोमा नेपालको भने पाँच प्रतिशत पुग्ने अनुमान छ । विश्वको अर्थतन्त्रको औसत वृद्धिदर २३ वर्षयताकै कम हुने पनि आईएमएफले जनाएको छ । यस्तै आउँदो वर्ष अर्थात् सन् २०२५ मा पनि विश्वको वृद्धिदर तीन दशमलव दुई प्रतिशत मात्रै हुने रिपोर्टमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया