गर्मी बढ्न थाल्यो, तराईमा तातो हावाको लहर अर्थात ‘लू’ को सम्भावना
जेठ ४, २०८१ शुक्रबार
युक्रेनलाई ५५ अर्ब डलरको सहायता प्याकेज उपलब्ध गराउन युरोपेली युनियन (ईयू) मा आबद्ध सबै देश सहमत भएका छन् ।
बेल्जियमको ब्रसेल्समा आज बसेको युनियनका २७ वटै देशका नेताहरूको बैठकले युक्रेनलाई ५५ अर्ब डलर अर्थात् ७३ खर्ब रुपैयाँ बराबरको सहायता दिनेबारे सहमति गरेको हो । युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले सम्झौतामा सबै एकमत भएको र यसले रुससँग लडिरहेको युक्रेनलाई ठूलो राहत हुने बताउनुभएको छ ।
यसअघि गएको डिसेम्बरमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले सहमति नदिँदा सहायता रकमबारे निर्णय हुन सकेको थिएन । आजको सहमतिपछि ईयू आयोगकी अध्यक्ष उर्सुला भोन डरलेनले युरोपका लागि खुसीको दिन भएको बताउनुभएको छ । यो सहयोगले युक्रेनले रुसविरुद्ध लड्न थप हतियार, प्रविधि र जनशक्तिको जोहो गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।