सोमालियाको पूर्वी तटमा जहाज अपहरण गर्ने समुद्री डाँकाहरुको प्रयास असफल

 माघ २०, २०८० शनिबार ९:५१:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – सोमालियाको पूर्वी तटमा जहाज अपहरण गर्ने समुद्री डाँकाहरुले अर्को प्रयास गरेको पाइएको छ । जनवरी ३१ तारिखमा इरानी माछा मार्ने जहाज एफभी ओमारी अपहरण भएको खबर आएको थियो । यो जहाजमा सात जना समुद्री डाँकू चढेका थिए र चालक दलका सदस्यलाई बन्धक बनाएका थिए ।

तर, जहाज अपहरण गर्ने डाँकाहरुको प्रयासलाई विफल पारिएको भारतीय नौसेनाले जनाएको छ । त्यहाँ भारतीय नौसेनाले अनुगमन गरिरहेको थियो । यो जहाजमा ११ इरानी, ८ जना पाकिस्तानी नागरिक र चालक दल रहेका भारतीय नौसेनालाई उद्धृत गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि जनवरी २९ तारिखमा पनि भारतीय नौसेनाले नै सोमालियाको पूर्वी तटमा एउटा जहाज अपहरण गर्ने समुद्री डाँकुहरूको प्रयासलाई विफल पारेको थियो । त्यस क्रममा २९ जना पाकिस्तानी नागरिकलाई भारतीय नौसेनाले उद्धार समेत गरेको थियो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया