अफगानिस्तानका पुरातात्त्विक क्षेत्रमा व्यवस्थित रुपमा लुटपाट भैरहेको शोधकर्ताको दाबी

 माघ २०, २०८० शनिबार १३:१२:४४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अफगानिस्तानका दर्जनौँ पुरातात्त्विक स्थलमा व्यवस्थित रूपमा लुटपाट हुँदै आएको शोधकर्ताले दाबी गरेका छन् । लुटपाट हुन दिनका लागि ती क्षेत्र डोजर लगाएर ध्वस्त पार्ने काम भएको अमेरिकाको शिकागो विश्वविद्यालयका शोधकर्ताहरूले बताएका हुन् ।

भूउपग्रहबाट खिचिएका तस्बिरको विश्लेषणले त्यस्ता घटनाको निश्चित प्रमाण उपलब्ध गराएको शोधकर्ताले बताएका छन् । लुटलाई सहज बनाउने कामको थालनी अघिल्लो सरकारकै पालामा शुरु भएको र सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि पनि निरन्तर रहेको उनीहरूको भनाइ छ ।

त्यसबेला पूर्व राष्ट्रपति अशरफ घानी नेतृत्वको सरकार थियो । ध्वस्त पारिएका संरचनाहरू कांस्य युगको उत्तरार्द्ध र फलामे युगका समेत रहेका छन् । त्यो भनेको एक हजार ईसापूर्वभन्दा अगाडिको बेलाको हो ।

उनीहरूले पहिचान गरेका धेरैजसो पुरातात्त्विक क्षेत्रहरू उत्तरी अफगानिस्तानको बल्ख क्षेत्रका हुन् । शिकागो विश्वविद्यालयको सेन्टर फर कल्चरल हेरिटेज प्रिजर्भेशनका खोजकर्ताहरूले अफगानिस्तानमा २९ हजार भन्दा धेरै पुरातात्त्विक क्षेत्रहरूको पहिचान गरेका छन् ।

सेन्टरका निर्देशक गिल स्टेनका अनुसार कतिपय क्षेत्रहरूमा लुटेराहरूले खनेका खाडलै खाडल छन् । तालिबानका सूचना तथा संस्कृतिका लागि कार्यवाहक उपमन्त्री अतिकुल्लाह अजिजिले लुटपाट भइरहेको दाबीलाई अस्वीकार गर्दै ऐतिहासिक स्थलहरूको रेखदेखका लागि आठ सय सुरक्षा फौजको एउटा टोली खटाइएको बताएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया