युरोपेली देशमा भइरहेकाे किसान आन्दाेलनलाई समर्थन गर्दै माल्टामा प्रदर्शन

 माघ २०, २०८० शनिबार १५:२२:३९ | एजेन्सी
unn.prixa.net

युरोपियन देशमा भइरहेकाे किसानको आन्दोलनलाई समर्थन गर्दै माल्टाका किसानले पनि प्रदर्शन गरेका छन् । 

युरोपका किसानले एक हप्तादेखि उत्पादनले उचित बजार भाउ नपाएको, लागत धेरै भएको र युरोपियन युनियन ईयूले किसान र कृषि क्षेत्रमा लगाएका नियमहरु किसानमैत्री नभएको भन्दै किसानहरुले प्रदर्शन गर्दै आएका छन् । यही आन्दोलनमा ऐक्यबद्धता जनाएर माल्टाले समेत विरोध प्रदर्शन गरेको हो ।

यो प्रदर्शन १९८२ मा सक्रिय किसान संघ र खाद्य क्षेत्रसँग सम्बन्धित अरु निकायले गरेको आन्दोलनपछि माल्टाको कृषि क्षेत्रमा पहिलो पल्ट विरोध भएको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

बेल्जियमलगायत अन्य युरोपेली देशहरूमा किसानले आफ्ना ट्र्याक्टरहरूमा विरोध कार्यक्रमका ब्यानरहरू टाँसेका खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया