पाकिस्तानकाे प्रहरी चाैकीमा आक्रमण, १० जना प्रहरीकाे ज्यान गयाे

 माघ २२, २०८० सोमबार १८:३७:४४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानको एक प्रहरी चौकीमा भएको आक्रमणमा परेर १० जना प्रहरीको ज्यान गएको छ । डेरा इस्माइल खानको एक प्रहरी चौकीमा अतिवादीले आक्रमणमा गर्दा १० जना प्रहरीको ज्यान गएको र छ जना जना घाइते भएका बीबीसीले जनाएको छ ।

आउँदो बिहीवार हुन लागेको आमचुनावको तीन दिनअघि यो हमला भएको हो । खैबर पख्तुनख्वा प्रान्तीय प्रहरी प्रमुख अख्तर हयात गन्डापुरले ३० जनाभन्दा धेरै चरमपन्थीले प्रहरी चौकीलाई तीन तर्फबाट घेरेर आक्रमण गरेका र साढे दुई घण्टासम्म दोहोरो भिडन्त भएको बताउनुभएको छ । पछिल्ला दुई वर्षमा खैबर पख्तुनख्वाका दक्षिणी जिल्लाहरूमा चरमपन्थी आक्रमण बढिरहेका छन् ।

पाकिस्तानमा आउँदो बिहीवार हुने चुनावमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको छ । अदालतले विभिन्न मुद्दामा उहाँलाई ३४ वर्ष कैद सजाय सुनाएको छ । सेनाले आफ्नो इच्छाअनुसार नतिजा आउने गरी चुनाव गराउन थालेको भन्दै मानव अधिकारवादी र नागरिक समाजका प्रतिनिधिले चुनावको वैधतामाथि प्रश्न उठाएका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया