बेलायतका राजा चार्ल्सलाई क्यान्सर : नियमित उपचार शुरु

 माघ २३, २०८० मंगलबार १३:१७:६ | एजेन्सी
unn.prixa.net

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ । प्रोस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि क्यान्सरको प्रकार खुलाइएको छैन । उहाँको नियमित उपचार शुरु भएको बीबीसीले जनाएको छ ।

७५ वर्षका राजा चार्ल्स सार्वजनिक गतिविधिमा सहभागी नहुने उल्लेख छ । तर बकिङ्गम दरबारले राजा जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको जनाएको छ । लण्डनको एउटा निजी अस्पतालमा यसअघि एक हप्ताभन्दा लामो समय प्रोस्टेटको उपचार भएको र उपचार जारी रहने भएको छ ।

क्यान्सर प्रारम्भिक चरणमा नै पत्ता लागेको विश्वास गरिएको छ । क्यान्सरको उपचारमा कीमोथेरापी पनि हुन सक्छ । त्यसमा क्यान्सरको कोष मार्नका लागि औषधि दिने गरिन्छ ।

त्यसैगरी रेडिओथेरापी विधिबाट उपचार गराउँदा विकिरण दिएर क्यान्सरका कोषहरूलाई नष्ट गरिन्छ । त्यसबाहेक क्यान्सरविरुद्ध निश्चित औषधिहरू पनि दिने गरिन्छ जसले क्यान्सर लागेका कोषहरू पत्ता लगाएर तिनलाई नष्ट गर्छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया