उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – चालु आर्थिक वर्षको छ महिनामै सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार साउनदेखि पुससम्म रेमिट्यान्स २५ दशमलव तीन प्रतिशतले बढेर सात खर्ब ३३ अर्ब २२ करोड भित्रिएको हो । अघिल्लो वर्षको छ महिनाको तुलनामा यो वर्ष एक खर्ब ४८ अर्ब रुपैयाँ धेरै रेमिट्यान्स आएको छ ।
रेमिट्यान्स बढे पनि विदेश जान श्रम स्वीकृति लिनेहरूको सङ्ख्या भने घटेको देखिएको छ । पोहोरको छ महिना र अहिलेको छ महिना तुलना गर्दा श्रम स्वीकृति लिनेहरूको सङ्ख्या ७४ हजार जनाले कमी भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म वैदेशिक रोजगारीका लागि दुई लाख सात हजार नाै सय ७० जनाले अन्तिम श्रम स्वीकृति र एक लाख ३५ हजार चार ३५ जनाले पुनः श्रम स्वीकृति गरी तीन लाख ४३ हजार जनाले श्रम स्वीकृति लिएका छन् । तर अघिल्लो वर्षको छ महिनामा चार लाख १८ हजार जनाले श्रम स्वीकृति लिएका थिए । यसरी विदेश जानेहरूको सङ्ख्या ७४ हजार जनाले घटे पनि रेमिट्यान्स भने बढेको हो ।
यस्तै देशमा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनासम्ममा कुल विदेशी विनिमय सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १३ अर्ब ६९ करोड पुगेको छ । यसले नेपाललाई साढे १४ महिनाको वस्तु आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै अघिल्लो वर्षको छ महिनामा साढे ३५ अर्ब रुपैयाँले घाटामा रहोको चालु खाता अहिले एक खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँले बचतमा रहेको छ । यसैगरी शोधानान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको छ महिनामा शोधनान्तर स्थिति जम्मा ९२ अर्ब १५ करोड रुपैयाँले बचतमा रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।