इजरायल–गाजा युद्धविरामकाे योजनाबारे हमासको सकारात्मक प्रतिक्रिया

 माघ २४, २०८० बुधबार ९:२६:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायल र गाजाबीच नयाँ युद्धविरामको प्रस्तावलाई हमासले आफ्नो प्रतिक्रिया जनाएको छ । इजरायल, अमेरिका, कतार र इजिप्टले तय गरेको सम्झौता र युद्धविरामको प्रस्तावबारे हमासले सकारात्मक प्रतिक्रिया दिएको हो ।

हमासलाई एक हप्ताअघि पठाइएको सम्झौताको प्रस्तावमा भएका विवरण भने सार्वजनिक नगरिएकाले अहिलेसम्म प्रष्ट हुन नसकेको बीबीसीले जनाएको छ । यसअघि  इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूबीच साटासाट गर्ने र अस्थायी युद्धविराम गर्ने निर्णय भएको खबरमा उल्लेख छ ।

इजरायल र अमेरिका दुवैले हमासको प्रतिक्रियाको समीक्षा गरिरहेको बताएका छन् । अहिले इजरायको मध्यपूर्वमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आज इजरायलका अधिकारीहरूसँग हमासको प्रतिक्रियाबारे छलफल गर्ने बताउनुभएको छ ।

हमासका एक वरिष्ठ अधिकारीले बीबीसीसँगको कुराकानीमा युद्धविरामको योजनालाई सकारात्मक रुपमा लिएको तर गाजाको पुनर्निर्माण, त्यहाँका बासिन्दाहरूलाई उनीहरूको घरमा फिर्ता गर्ने र विस्थापितहरुको लागि भएका प्रावधानहरुमा केही संशोधन गरेर घाइतेको आवश्यक उपचार गर्नु पर्ने सर्त राखेका छन् । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हमासको प्रतिक्रियालाई सकारात्मक नै भएको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया