युक्रेनमा रुसलाई हराउन असम्भव : पुटिन

 माघ २६, २०८० शुक्रबार १८:१८:४३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसलाई परास्त गर्न असम्भव छ भनेर पश्चिमा देशले बुझ्नुपर्ने बताउनुभएको छ ।

अमेरिकी टेलिभिजन पत्रकार टकर कार्ल्सनलाई दिएको अन्तरवार्तामा पुटिनले अमेरिका, युरोपेली सङ्घ र नेटोले युक्रेनलाई सहयोग गरे पनि रुस पराजित हुने छैन भन्ने कुरा पश्चिमले बुझेको दाबी गर्नुभयो । रुसलाई पश्चिमी विश्वासघातको सिकारको रूपमा चित्रण गर्दै उहाँले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गर्नुभएको छ ।

सन् २०१९ पछि पश्चिमा सञ्चारमाध्यमले प्रसारण गरेको पुटिनको यो पहिलो अन्तरवार्ता हो । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण गर्नुको कारणबारे आफ्ना कैयौँ स्पष्टीकरण दोहोर्‍याउनुभएको छ । उहाँले युक्रेनको इतिहासबारे बुनिएका झुटा मान्यता, सोभियत सङ्घ विघटनबारे आफ्ना गुनासा र नेटो विस्तारका प्रसङ्गबारे चर्चा गर्नुभयो । उहाँले युक्रेन नवनाजीहरूले भरिएको दाबी पनि गर्नुभयो ।

पुटिनले रुसले युक्रेनमा आक्रमण नगरेको दाबी दोहोर्‍याउँदै रुसले आफ्नो राष्ट्रिय सुरक्षामा जोखिम देखिएकाले प्रतिक्रिया व्यक्त गरेको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया