पाकिस्तानमा दुई सय ६५ सिटका लागि भएको आम चुनावमा दुई सय ४३ सिटको नतिजा सार्वजनिक

 माघ २७, २०८० शनिबार ६:५४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानमा अस्ति बिहीवार भएको आम चुनावको मतगणना चलिरहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक–ए–इन्साफ (पीटीआई) समर्थित उम्मेदवारले अग्रता लिएका छन् । पीटीआईमाथि प्रतिबन्ध लागेपछि नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार अहिलेसम्म दुई सय ४३ सिटको परिणाम घोषणा हुँदा पीटीआई समर्थित उम्मेदवारहरुले ९८ सिटमा जित हासिल गरेका छन् ।  यस्तै पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) ले ६९ र बिलवाल भुट्टो तथा आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपल्स पार्टी (पीपीपीले) ले ५१ सिटमा जितेका छन् । अरु दलले १५ सिट जितेका निर्वाचन आयोगले जनाएको छ ।

पाकिस्तानको संसद्मा तीन सय ३६ सिट रहेकोमा अहिले दुई सय ६६ सिटमा चुनाव भएको हो । ७० सिट समानुपातिक प्रणालीमा विजयी हुन्छन् । राज्यका सूचना बेचेको, उपहार बेचेको, असंवैधानिक विवाह गरेको लगायतका मुद्दामा ३४ वर्ष जेल सजाय तोकिएका पूर्वप्रधानमन्त्री खान अहिले जेलमा हुनुहुन्छ ।

चुनावी मैदानमा आएका नयाँ अनुहार र खानले जेलभित्रबाटै सञ्चालन गरेको चुनावी अभियान प्रभावकारी देखिएका पाकिस्तानी राजनीतिक विश्लेषकहरुले बताएका बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया