आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
धनुषा – जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलाई जनकपुरका युवाहरुले मसी दलेका छन् ।
जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले बिरामीको ज्यान गएको भन्दै युवाहरुले यादवलाई मसी दलेका हुन् । अस्पतालको सेवा सुधारका लागि नयाँ शक्ति नेपाल विद्यार्थी संगठन, तरुण दल, नेविसंघ, विद्यार्थी युनियन र स्थानीय युवाहरुको एक समूह आइतबार दिउँसो यादवलाई ज्ञापन पत्र बुझाउन गएको थियो ।
त्यहीबेला यादवले हप्काएपछि केही युवाले मसी शरीरमा खन्याइदिएका हुन् । घटनाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । दुई दिनअघि मात्र जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीले एक सुत्केरीको ज्यान गएको थियो ।