‍पाकिस्तानको आम चुनावमा सेनाले हस्तक्षेप गरेको भन्दै अमेरिका, बेलायतलगायत देशको चिन्ता

 माघ २७, २०८० शनिबार १६:१५:१० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अमेरिका, बेलायत लगायतका देशले पाकिस्तानको आम चुनावमा सेनाले हस्तक्षेप गरेको भन्दै चिन्ता जनाएका छन् । बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले आफ्नो देशले पाकिस्तानी अधिकारीहरूलाई मौलिक मानवअधिकार कायम गर्न अपील गरेको बताउनुभएको छ ।

एक विज्ञप्तिमा क्यामरुनले सबै दलहरूलाई औपचारिक रूपमा चुनाव लड्न नपाएकोमा दुःख व्यक्त गर्नुभएको छ । यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पाकिस्तानको चुनावमा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेलामा प्रतिबन्ध लगाएकोमा आलोचना गर्नुभएको छ ।

निर्वाचन प्रक्रियाका क्रममा सञ्चारकर्मीमाथि भएको आक्रमण र इन्टरनेट र दूरसञ्चार सेवामा प्रतिबन्ध लगाइएको भन्दै अमेरिकाले निष्पक्ष चुनावमा प्रश्न उठाएको छ । निर्वाचन आयोगले चुनावमा इमरान खानको पार्टी पीटीआईमाथि प्रतिबन्ध लगाएको थियो ।

यस्तै, स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका पीटीआई समर्थक कयौँ उम्मेदवारलाई विभिन्न आरोप र बहानामा उम्मेदवारी दिनै रोक लगाइएको थियो । यस्तै, सेना र अन्य दलले मतगणनामा पनि जालझेल गरेर कयौँ पीटीआई समर्थक उम्मेदवारलाई जानाजान हराएको आरोप लगाएको छ ।

इमरान खानलाई विभिन्न आरोपमा ३० वर्षभन्दा धेरै समयको जेल सजाय तोकिएकाे छ । २ सय ६६ सिटका लागि गएको बिहीवार भएको चुनावमा अहिलेसम्म ९९ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्, यी स्वतन्त्र उम्मेदवार पीटीआई समर्थित हुन् ।

पाकिस्तान मुस्लिम लिगका ७१ जना र पाकिस्तान पिपुल्स पार्टीका ५३ जना विजयी भएका छन् । एआईद्वारा बनाइएको विजय भाषणमा इमरान खानले अहिलेसम्मको जित नागरिकको अभूतपूर्व सङ्घर्षको नतिजा भएको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया