हैटीमा विभिन्न समूहबीचको झडपमा परि एकै महिनामा ११ सय जनाको ज्यान गयाे

 माघ २८, २०८० आइतबार १५:४६:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

हैटीमा विभिन्न समूहबीच भएको झडपका कारण एकै महिनामा ११ सय जनाको ज्यान गएको छ । संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले गएको जनवरीमा मात्रै विभिन्न समूहबीचको झडपका कारण ११ सय जनाभन्दा धेरैका ज्यान गएको जनाएको छ ।

यो सङ्ख्या पछिल्लो दुई वर्षयताकै धेरै हो । ११ हजार जनाभन्दा धेरै घाइते भएका छन् । एकै महिनामा तीन लाख १३ हजार जनाभन्दा धेरै विस्थापित भएका छन् ।

ओसीएचएले हैटीका प्रमुख सहरहरूमा बढ्दो अशान्तिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । उग्र झडपका कारण सहायता सामग्री पुर्‍याउन पनि समस्या भइरहेको ओसीएचएलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सडक अवरोध र आवागमनमा प्रतिबन्धले स्वास्थ्यकर्मीसमेत प्रभावित क्षेत्रमा जान नसकेका तथा राहतको पर्खाइमा रहेका हजारौँ नागरिकको अवस्था दयनीय रहेको खबरमा उल्लेख छ । राजधानी पोर्ट–ओ–प्रिन्स र अन्य सहरी क्षेत्रसहित देशभरका एक हजारभन्दा बढी विद्यालय जनवरीको मध्यमा अस्थायी रूपमा बन्द भएका थिए ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया