विश्व जोखिम सूचकाङ्कमा फिलिपिन्स पहिलो स्थानमा

 माघ २९, २०८० सोमबार ६:५५:२३ | एजेन्सी
unn.prixa.net

विश्व जोखिम सूचकाङ्क सन् २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्रकोप हुने देशहरूको सूचीमा पहिलो स्थानमा राखेको छ ।

जर्मनीले प्रकाशन गरेको यो सूचकाङ्कले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएका १ सय ९३ वटा देशहरुको प्रकोप जोखिम मापन गर्नेगर्छ । सन् २०२२ को सूचकाङ्कले सबैभन्दा बढी जोखिमयुक्त देशमा फिलिपिन्स, भारत र इन्डोनेशियालाई राखेको छ ।

प्यासिफिक क्षेत्रमा रहेको द्वीपसमूह प्रायः शक्तिशाली टाइफुनहरू, बाढी र पहिरो, भूकम्प र ज्वालामुखी विस्फोटबाट बढी प्रभावित हुने गरेको चिनियाँ समाचार माध्यम सिन्ह्वाले जनाएको छ ।  ६ दिनअघि दक्षिणी फिलिपिन्समा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ५४ जना पुगेको खबरमा उल्लेख छ । अझै हराइरहेका ६३ जनाको खोजी भइरहेको छ ।

उद्धारकर्मीहरुले पहिरोमा परि भत्किएका संरचनाको माटो र भग्नावशेष निकाल्ने काम गरिरहेका छन् । डाभाओ डे ओरो प्रान्तको माकोमा पहिरो जाँदा १ हजार ३ सय ४७ घरपरिवारका ५ हजार ४३१ जना प्रभावित भएका स्थानीय अधिकारीले बताएका सिह्वाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया