कतारमा मृत्युदण्ड सुनाइएका भारतीय जलसेनाका आठ पूर्वअधिकारी रिहा

 माघ २९, २०८० सोमबार १५:१८:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कतारले यसअघि मृत्युदण्डको फैसला सुनाएका आठ जना भारतीय नागरिक रिहा भएका छन् । कतारको एउटा अदालतले मुक्त गर्ने आदेश दिएपछि उनीहरु रिहा भएका बीबीसीले जनाएको छ । उनीहरू भारतीय जलसेनाका पूर्वकर्मचारी हुन् । कतारको निजी सुरक्षा कम्पनीमा काम गर्ने ती आठ जना भारतीय नागरिकले कतारी जलसेनालाई विभिन्न तालिम दिन्थे ।

उनीहरु सन् २०२२ को सेप्टेम्बर महिनामा पक्राउ परेका थिए । कतार र भारत दुवैले उनीहरू कुन अभियोगमा दोषी ठहर भएर सजाय पाएका थिए भन्ने खुलाएका छैनन् । समाचारसंस्था रोयटर्सका अनुसार ती आठ जनाविरुद्ध इजरायलका लागि गुप्तचरी गरेको अभियोग लगाइएको थियो ।

मुक्त भएकामध्ये सात जना भारत फर्किसकेका भारतीय विदेश मन्त्रालयले बताएको छ । भारत सरकराले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गरी कुटनीतिक पहल गरेको थियो ।      
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया