शेयर बजार साढे ३० अङ्कले घट्याे

 फागुन १, २०८० मंगलबार १५:३२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो १५ अङ्कले बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल, समाज लघुवित्त र सुपर माई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज एक करोड २१ लाख कित्ता शेयर चार अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया